श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्दै आएका उद्योग प्रतिष्ठानलाई सम्मान प्रदान गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ ।
धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ ।
झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम साँस्कृतिक कार्यक्रममा परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउँदै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक भएमात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । आज जिल्लाको दुधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्चिमसेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्र नभइ मुलुककै कायापलट हुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकीमा सञ्चालित महायज्ञको शुभारम्भ गर्नुभएको छ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ।
सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।
पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।