बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा पुस ३ गतेदेखि हुने औद्योगिक व्यापार मेलामा कृषितर्फ विषादीरहित उत्पादनलाई प्राथमिकता दिइने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
दोलखाको शैलुङ गाउँपालिका–७, साउँतेका किसानले बाँझो रहेको बारीमा सुन्तला खेती गर्न थालेका छन् । अन्न बालीले खासै फाइदा हुन छाडेपछि किसान यसप्रति आकर्षित हुन
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती–१६ डन्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन् ।
ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ ।
धुलिखेल (काभ्रेपलाञ्चोक), मङ्सिर २३ गते । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो ।नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ । “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।”प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो । “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।”दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो । त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो । रासस
मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो ।
लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रतिमा तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा निर्माण गरिएको छ । लिम्बू समुदायले आफ्नो प
कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् ।
पर्वतको सदरमुकाम कुश्माका स्थानीय युवाहरु सामुदायिक वनमा पार्क निर्माण गर्न गर्न थालेका छन् । कुश्मा नगरपालिका ५ र ६ का पर्वत मिलन क्लवमा आवद्ध युवाहरु वडागाउँ सामुदायिक वनभित्र पार्क निर्माण गर्न सक्रिय भएका हुन् ।
धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।
प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।
बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।