राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
जिल्लाको कुस्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ।
विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा सन्दिग्ध आतङ्कवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
अमरगढी नगरपालिका-२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरूले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ ।
थारु समुदायको बाहुल्यता रहेको बाँकेको बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गरिने भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानु पर्ने बताउनुभएको छ ।
कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले लोकलयमा लेखिएको नेपालमण्डल नेपालको इतिहास संस्कृतिको दृष्टिकोणले नौलो प्रयोग भएको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको दोस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ ।