नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिले लुम्बिनी प्रदेशका जिल्लामा रहेका थुनुवाको मानव अधिकारको अवस्थाको अध्ययन थालेको छ ।
दाङको राजपुर गाउँपालिका–६, खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले प्रयोग गर्दै आएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको सङ्गीत र नरेश बिबिसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।
म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँच भित्र रहेका छन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत वितरित सदरमुमकाम बेनीमा एक वर्षको अवधिमा उपभोक्तताले ४२ करोड ३२ लाख हजार लिटर पानी प्रयोग गरेका छन् ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेलिनमा उल्लेख छ ।
भलमनसा (प्रमुख) धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ ।
बाजुराका अधिकांश ठाउँमा मकैका कुनिउँ खोज्न व्यापारी गाउँमा पुग्न थालेका छन् ।
कर्णाली प्रदेश सरकारले जमिनको व्यवस्थित उपयोग गर्न भूउपयोग ऐनको मसौदा तयार पारेको छ ।
भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा भूकम्पपीडितको बिचल्ली हुन थालेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झ्यालबाट योजना निर्माण गरेर बजेट बाँडिखाने प्रवृत्ति अब नदेखिने बताउनुभएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको छ । शुक्रबार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उहाँको निधन भएको हो ।