मुस्ताङको थासाङ गाउँपालिका–३ लेते खोला नजिकैबाट लिइएको धौलागिरि हिमाल। बदलिँदो मौसम परिवर्तनको असरको कारण हिउँदमा समेत धौलागिरिहिमालमा हिउँ खासै देखिको छैन
जेड जेन इडियू हबले सूचना प्रविधिमा दक्ष जनशक्ति निर्माण गर्नेगरी यूएक्स र यूआइ डिजाइन कोर्स सुरु गरेको छ । सो हबले शनिबार आफ्नै कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी कोर्सबारे जानकारी गराएको हो ।
उज्वेकिस्तानले राजधानी तास्कन्दमा सन् २०२७ विश्व फेन्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व फेन्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घद्वारा आयोजित फेन्सिङको वार्षिक प्रतियोगिता हो ।
नेपालगन्जलाई बेस बनाएर पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार परिवारका साथ बागेश्वरी मन्दिरको दर्शन गर्नुभएको छ।
कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् ।
सिरियाको उत्तरपश्चिम हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरुको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।
बागेश्वरी सडक खण्ड दश दिनको लागि बन्द गरिएको छ ।
नेपालगन्ज म्याराथनको दशौं संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले हात पार्नुभएको छ ।
हेटौँडामा एक जना बालिकाको लडेर मृत्यु भएको छ । शुक्रवार राति शौचालय जानेक्रममा लडेर हेटौँडा उपमहानगरपालिका –५ सिँचाइ टोलमा डेरागरी बस्ने महोत्तरी डाँडा गाउँपालिका –३ अजमरपटी घर भएकी ५ वर्षीय सिरियाकुमारी मण्डलको मृत्यु भएको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेमा रहेको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बलियो बनाउन बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका-२ सौरुरकोबाङ जोड्ने पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा रहेको बताउनुभएको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो ।