साहित्यिक इतिहासमा विशेष महत्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा गरिएको छ । गल्याङ नगरपालिका –११ दिमीकमा आयोजित कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएको मिलन समिरद्वारा सम्पादन गरिएको ‘ती दिनहरु’ को लोकार्पण गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ।
नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो ।
जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्काेरपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको सङ्ख्या बढिरहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ।
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ ।
डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।
महासंघका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–काङ्ग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताउनुभएको छ ।
लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।