चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।
मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहने छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाउनुभएको छ ।
घरपालुवा कुकुरमा लाग्ने क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ । सेन्टर फर डायनामिक नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको कार्यक्रममा कुकुरबाट क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा सरेको जानकारी दिइएको हो ।
सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।
दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) दिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा धादिङको धुनीबेसी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित जिल्ला अदालत धादिङबाट ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातिय आवासीय विद्यालयले आगो बालेर पठनपाठन गर्दै आएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा राजस्व हिनामिनाको उजुरी धेरै परेको छ ।
ताप्लेजुङको दोभानमा लाग्ने पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ