रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।
दमौली (तनहुँ), मङ्सिर २५ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।”मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो । रासस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
हुम्ला, मङ्सिर २५ गते । हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ । तस्बिर: रासस
पोखरा महानगरपालिका–२४ मा पर्ने कास्कीकोट चारैतिर पानीको स्रोतले घेरिएको अति सुन्दर गाउँ हो ।
नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
दाङमा वन्यजन्तुको अवस्था पहिचान गरिने भएको छ । जिल्लाका चार स्थानीय तह अन्तर्गत रहेको जङ्गलमा वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको हो ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाका किशोरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गर्दै समुदायका समस्या सुनाएका छन् ।
विगत सय वर्षमा विश्वको आर्थिक तथा सामाजिक विकासमा अनेक खालका सङ्गठित प्रयासले संस्थागत स्वरूप लिए ।
नेपालको उन्नति, विकास र समृद्धिका लागि चाहिने पूर्वाधारको निर्माण नभएका होइनन्, गाउँ गाउँमा सडक पुगेका छन्, विद्यालय खुलेका छन्, स्वास्थ्य सुविधा, खानेपानी, विद्युत् पुगेका छन् ।
नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो ।
लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक हुन् ।
‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सकिँदै छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ ।