लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ ।
नेपाल भारत सीमा क्षेत्रबाट स्राेत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरको छ ।
हमासले सोमबार सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाइ दिँदै देशमा एकताको आह्वान गरेको छ ।
एयर इन्डियाले सोमबार ए ३२१ एनइओ सहित १० वाइडबडी ए ३५० र ९० न्यारोबडी ए ३२० विमानसहित १०० थप एयरबस विमानहरू खरिद गर्न आदेश दिएको छ । यी १०० नयाँ विमान एयर इन्डियाले गत वर्ष एयरबस र बोइङसँग राखेका ४७० विमानको अर्डरका अतिरिक्त हुन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा शनिबारदेखि सुरु हुने एसिसी यु–१९ महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
लगातार चिसो सिरेटो लागेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका(२ स्थित दुर्गाचोकमा मङ्गलबार बिहान लागेको हुस्सु । हुस्सुले तराई-मधेसको जनजिवन प्रभावित भएको छ ।
कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।
घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ काठमाडौँले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्त नगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गर्नुभएको हाे ।
मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारका घटना देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार
कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन ।
जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमाहा धनसार खण्डमा आज बिहान (मङ्गलवार) बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालक सहित आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बाराको गढीमाई (पञ्चवर्षीय) मेलाबाट सिराहा फर्किने क्रममा बिहान करिब ७ः३० बजे दुर्घटना भएको थियो ।