कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीस्थित परेको हिमपात । हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।
नेपाल उद्योग परिसङ्ले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ ।
बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु काम्ने गर्छ । त्यसैमा आइतबार राति हिमाली क्षेत्रमा पर्ने अधिकांश ठाउँमा बाक्लो हिमपात परेपछि अहिले यहाँ निकै चिसो बढेको छ ।
एन्फा महिला सुपर लिग फुटबल पुसमा हुने भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ ।
नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ ।
नेपालका भूपेन्द्र गुरुङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण र रजत गरी दुई पदक जित्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
सुनसरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको अभियान प्रभावकारी बनाइने भएको छ । मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेको लागू पदार्थ दुर्व्यवसविरुद्धको अभियान (फ्यान) सम्पादन समितिको बैठकले कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातीय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ
लुम्बिनी प्रदेशको आर्थिक राजधानी भनिने बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला तथा प्रदर्शनी आयोजना हुँदै आएको छ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता हुनुभएका राजेन्द्र बुढाथोकीको शव फेला परेको छ ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिनुभयो ।