नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘बमबहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ ।
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।
नेपाली चलचित्र क्षेत्रको प्रवर्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।
गायिका अस्मिता अधिकारी तथा गायक मुकुन्द त्रिपाठीको ‘जाऊँ हिँड पोखरा’ सार्वजनिक भएको छ ।
बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।
रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित चिरञ्जीवी डेरी उद्योगले जाडोयाममा छुर्पी उत्पादन गर्दै आएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेबान० पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।
गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाइकाे मृत्यु भएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
नेपाल प्रिमियर लिग [एनपिएल] मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।
सहकारीमा सर्वसाधारणको बचत हिनामिनाको आरोपमा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।