इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख पदमा कार्यरत कर्मचारी कमलेश चौधरीको सवारी दुर्घटनामा निधन भएपछि सो पालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबिच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताउनुभएको छ।
लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।
अमेरिकास्थित नेपाली पूर्वराजदूत डा. अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभएको छ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो । जितसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ ।
तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
हिउँद सुरु हुँदै गर्दा मुस्ताङमा जम्न थाल्यो पानी । मङ्सिर तेस्रो सातादेखि मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र घरको धारामा समेत पानी जम्न लागेको हो।
पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ।
बुधबार निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सकिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) खर्च प्रगति न्यून देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला ।