• ७ पुस २०८१, आइतबार

श्रीलङ्काका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु

blog

काठमाडाैं, मङ्सिर २६ गते । श्रीलङ्काका लागि प्रस्तावित  नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो । 

सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित  राजदूत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित  राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनुभयो । 

नेपालको संविधान बमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।