• ११ पुस २०८१, बिहिबार

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

blog

धरान (सुनसरी), मङ्सिर २७  गते ।  नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । 

दबुले बुधबार  पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचाैं संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताउनुभयो ।  

नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ । रासस