नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कमल गौतम नियुक्त हुनुभएको छ ।
सिमेन्टको मूल्य घटाउने सहमति भएको छ ।
हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) भेटिएको छ ।
कक्षा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन दैनिक पाठ्ययोजना व्यवहारमा ल्याउनुपर्नेमा कमै मात्र प्रयोग भइरहेको छ । कक्षा शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । यसअघि मङ्सिर २३ गते थपिएको चार दिनको म्याद बुधबार सकिएपछि लामिछानेलाई अदालत लैजान लागिएको हो ।
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले–धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म सडक स्तरोन्नति हुने कुनै छाँटकाट देखिँदैन ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको नमुना सरकारी विद्यालयले विद्यालय जाँदा किताब बोक्नै नपर्ने अवधारणा ल्याएपछि विद्यार्थी खुुसी भएका छन् ।
काबुल विस्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु भएको छ । अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी कार्यवाहक मन्त्री खलील रहमान हक्कानीको विस्फोटका क्रममा मृत्यु भएको हो । मन्त्रालयको मुख्यालयभित्र भएको विस्फोटमा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
बङ्गलाचुली गाउँपालिका–७ र ८ का स्थानीयलाई खानेपानी सुविधा पुर्याउने गरी सुरु भएको हाँसीपुर खानेपानी अझै पूरा हुन सकेको छैन ।
वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा भएको प्रदेशस्तरीय क्षमता विकास तालिममा सहभागी फरक क्षमता भएकाहरूले आत्मविश्वास बढेको बताएका छन् ।