• ११ पुस २०८१, बिहिबार

माग्ने बुढा अब ‘माग्ने राजा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । ‘माग्ने राजा’ नामक चलचित्र बन्ने भएको छ । निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै बिहीबार चलचित्रको नाम सार्वजनिक गरेको हो । 

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहने चलचित्र फागुन १ बाट छायाङ्कन सुरु हुने निर्देशक ऋषि लामिछानेले जानकारी दिनुभयो । 

सामीप्यराज तिमिल्सिनाको कथा तथा पटकथा रहेको चलचित्रको निर्माता मुनाल घिमिरे हुनुहुन्छ । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन रहने छ  । केदार घिमिरे मुख्य भूमिकामा रहेको पहिलो चलचित्र ‘माग्ने राजा’ हुने छ । चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो ।