स्याङ्जाको दक्षिणपूर्वी भेगमा अवस्थित हरिनास गाउँपालिका २०७३ सालमा गठन भएको हो
सङ्घीय व्यवस्थापिका र प्रदेश व्यवस्थापिकाका प्रमुख कानुन बनाउन आपसी सहकार्य गर्न सहमत भएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा वडा कार्यालयले किसानलाई फलामको हलो वितरण गरेको छ ।
गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उहाँले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै अस्तित्व गुमाउने अवस्थामा पुगेको छ । यो भवन चार वर्षदेखि अलपत्र परेको छ ।
वराहक्षेत्र नगरपालिकाले पानीको निकास रोकिने गरी खोला क्षेत्रभित्र बनेका घरटहरा र अन्य संरचना हटाउने भएको छ । पालिकाले वडा नंं. ५ कालाबन्जर क्षेत्रमा रहेकोे हैटाखोलाभित्र बनेका मानव निर्मित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको
हात्तीको आक्रमणबाट एक जना माउते घाइते हुनुभएको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते हुनुभएको हो ।
गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड १९ दिन पूर्ण रूपमा बन्द रहने भएको छ ।
अर्खाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
घोराही उपमहानगरपालिकाको विकट बस्तीका रूपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।
मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभिरमा प्राविधिकको अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा मात्र विस्तारको काम हुनेभएको छ । चौबिस वर्षअगाडि पहिरो
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो ।