यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।
नागरिक शान्ति सेवा भवनको इलाममा शिलान्यास गरिएको छ ।
निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिइराख्नुभएको छ ।
विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा १० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विद्युतदेखि खानेपानी र इन्टरनेट अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबिच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान बरामद गरेको छ ।
बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले उत्पादन गरेको माछा स्थानीय स्तरमै खपत हुने गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गल खरिबोट बस्ने १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।