राष्ट्रिय सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक दर्ता गराएको हो ।
मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, वडा ११ का वडाध्यक्ष गोपाल लामा र वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान संसोधन राष्ट्रिय सहमतिमा हुने बताउनुभएको छ ।
श्रीलङ्काको नौसेनाले बिहीबार हिन्द महासागरको टापुमा माछा मार्ने ट्रलरमा फसेका युद्धग्रस्त म्यानमाबाट आएका करिब एक सय रोहिङ्ग्या शरणार्थीको समूहलाई सहयोग गर्न गइरहेको बताएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता शुद्धीकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति भएपछि आज बिहिबार खुलेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लालाई यो वर्ष पूरै सूचना प्रविधि मैत्री बनाउने बताउनु भएको छ । नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुवाती थलोको रुपमा आफ्नै गृह जिल्ला लमजुङबाट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासको लागि गम्भीर रहेको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०, घान्द्रुकको वतासे डाँडामा भएको जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी बनेका कानुन कडाइका साथ लागू गर्नुपर्ने बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ।