अमेरिकी सिनेटले आर्थिक वर्ष २०२५ को लागि ८९५–बिलियन–अमेरिकी डलरको रक्षा नीति विधेयक पारित गरेको छ । अब राष्ट्रपति जो बाइडेनद्वारा कानुनमा हस्ताक्षर गरेसँगै विधेयक लागू हुनेछ ।
गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहले सामूहिक रूपमा धानखेती गरेका हुन् ।
शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो ।
जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु. आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
दाङ, पुस ५ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठुलो जलेवा चरा । तस्बिरः रासस
ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि निर्माण गरिएको अस्थायी काठेपुल । तस्बिरः रासस
नुवाकोट, पुस ५ गते । नुवाकोटको म्यागङ गाउँपालिका–३ देउरालीका किसानले प्लास्टिकको टनेलमा गरेको गोलभेंडा खेती । यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । तस्बिरः रासस
सुनसरी, पुस ५ गते । सुनसरीको दुहबी नगरपालिका १२, पूर्व कुशाहामा रोप्नका लागि उखुको टुक्रा बनाउँदै किसान । नगदे बाली उखु राम्रो उत्पादन भएमा एक बिघा जमिनबाट खर्च कटाएर दुई लाखसम्म बचत हुने किसान बताउँछन् । तस्बिरः रासस
धरान उपमहानगरपालिकामा सङ्गीत जात्रा २०८१ हुने भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने जात्रामा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्न महोत्सव हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ११ स्थित साम्मलिङ खर्कमा रहेको घुम्तीगाेठ । तस्बिरः रासस
कास्की, पुस ५ गते । कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमशृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्गमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । तस्बिरः रासस
कोशीटप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका क्रममा सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारीस्थित खेतमा आइपुगेको अर्ना ।