संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताउनुभएको छ ।
एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी तनहुँले रक्त सञ्चार केन्द्रको दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।
एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।
मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीय गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका अनुसार शुक्रबार बिहान स्थानीय सिर्जना सामुदायिक वनको नर्सरीवारीमा घाँस दाउराका लागि जानु भएकी गङ्गामायालाई हात्तीले आक्रमण गरेको हो ।
सभामुख देवराज घिमिरेले सङ्घीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका बिमोचन कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ।
जनसंख्या र विकासका क्षेत्रका सरोकारवालाहरुले हालको तराइकेन्द्रित जनसंख्याको सन्तुलन कायम गर्न ‘रिभर्स माइग्रेसन’ अर्थात पुरानै थातथलोमा फर्किने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अङ्कारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।
युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिका–१ मा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–६ देउरालीका स्थानीय कृषकले दाइँ गर्न लगाएको धानको कुन्यु र पृष्ठभूमिमा विश्वको पाँचौँ अग्लो मकालु हिमाल ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आन्दोलित स्थायी शिक्षक तथा कर्मचारीले आन्दोलन स्थागित गरेका छन् ।