• ५ पुस २०८१, शुक्रबार

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं, पुस ५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार  स्वदेश फर्किनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनुभएको हो ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पुँजी परिचालन, सार्वजनिक  ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।  

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज तयार पारिनेछ ।