रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ ।
पोखरामा हतियार देखाएर लुट्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिलालाई कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका –१ का रुपा चौधरी, लहानु डङ्गौरा, मनोज चौधरी र बाबुराम डङ्गौरा रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
व्यक्तिगत घटना अन्तर्गत जन्मदर्तासम्बन्धी जनचेतनाका लागि जनकपुरका मैथिली भाषा अभियानी कलाकारहरुद्वारा लहानमा सडक नाटक गरिएको छ ।
सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ । थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ थारु होमस्टे महोत्सव आयोजना हुने भएको हो ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुस ९ गतेसम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उक्त जानकारी दिनुहुँदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले सबै नेपालीबिचको अटुट एकताबाट नै राष्ट्रियता बलियो हुने बताउनुभएको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ ।