ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हर्कमान दिलमाया शङ्खर स्मृति प्रतिष्ठानले एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ।
दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भएको मलेसियाका यातायात मन्त्रीले शुक्रबार बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ।
पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, हिंगानगर बस्ने २८ वर्षीय सुरज सोमै रहेको प्रहरीले जनाएको छ।
३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) कप फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुल कीर्तिपुरले उचालेको छ।
रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ ।
रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा उन्नत एक्स-रे स्पेक्ट्रोमिटर स्थापना गर्न सात घण्टाभन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नुभएको छ ।
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ ।
अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको जानकारी दिनुभयो ।
एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल्ने सपना असफल भएको छ।
वैदेशिक रोजगारीमा पठाउने भनी प्रलोभन देखाउने तीन लाख ३२ हजार रुपियाँ ठगी गर्ने ४७ वर्षीय रामजी गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको लेटाङ नगरपालिका र नवलपरासीको पाल्हीनन्दन गाउँपालिका जनप्रतिनिधिहरूबिच शुक्रबार मोरङको लेटाङमा लैंगिक समानता तथा शान्ति प्रवर्द्धनका अभ्यास र अनुभव आदानप्रदान भएको छ ।