• ५ पुस २०८१, शुक्रबार

वैदेशिक रोजगारीको प्रलोभन देखाई तीन लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौं, पुस ५ गते । वैदेशिक रोजगारीमा पठाउने भनी प्रलोभन देखाउने तीन लाख ३२ हजार रुपियाँ ठगी गर्ने ४७ वर्षीय रामजी गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार गिरीले दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर हुँ, रोजगारीको माग आएको छ भनेर विश्वास दिला  नबिल बैंक लिमिटेडको पोखरा शाखाको खातामा पटक–पटक गरी तीन लाख ३२ हजार रुपियाँ जम्मा गर्न लगाएका थिए ।

प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भ ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रहेका गिरीला बिहीबार काठमाडौंको कलङ्कीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।

स्थायी घर साविकको कास्कीकोट गाविस वडा नं. ७ र हाल परिवर्तित ठेगाना पोखरा महानगरपालिका वडा नं. २४ भइ हाल काठमाडौं कलङ्की बस्ने गिरीमाथि सुर्खेत जिल्ला अदालतमा ३० लाख रुपियाँ बराबरको चेक अनादरसम्बन्धी मुद्दा विचाराधीन रहेको थप अनुसन्धानमा खुलेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाभन्दा बढी पीडितहरुबाट १२ लाख १५ हजार रुपियाँ बिगो कायम भएको कसुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।