कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाको तालिम कक्षामा विदेश जानेको भिड बढ्न थालेको छ ।
नेपालले वस्तु निर्यात गरेर प्राप्त गर्ने आम्दानीभन्दा भ्रमणका लागि नेपालबाट बाहिरिने रकम धेरै भएको पाइएको छ ।
विश्वव्यापी औद्योगिक विस्तारमा दक्षिण एसियाका विकल्पहरू विषयमा पोखरामा दुई दिनसम्म चलेको फेवा संवाद, २०२४ का सहभागीले दक्षिण एसियाका मुलुकको सामूहिक साझेदारीले आत्मनिर्भर हुन सक्ने बलियो सम्भावना दर्शाउनुभएको छ ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंको रिट जारी गरेको हो ।
देशका मुख्य सहरमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनाविरुद्ध थप कसुरमा अभियोगपत्र दर्ता भएको छ ।
साइबर सेक्युरिटी कम्पनि सोफोस टेक्नोलोजिजले “साइबर आक्रमण र यसबाट कसरी जोगिने” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले कैफियत देखिए जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
विश्व ध्यान दिवसको पूर्वसन्ध्यामा शुक्रबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डिसेम्बर २१ अर्थात पुस ६ गते पर्ने विश्व ध्यान दिवसको पूर्व सन्ध्यामा माइतीघरमा १००८ दीप प्रज्ज्वलन गरिएको हो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी स्वर्गीय दलबहादुर रानाको स्मृति प्रतिमा अनावरण गरिएको छ । दक्षिण एसियाली बक्सिङ खेलमा दुई स्वर्ण र एक रजत पदक विजेता स्वर्गीय दलबहादुर रानाको स्मृतिमा रेसुङ्गा नगरपालिका ४, सेउघा जोगिथुममा प्रतिमा निर्माण गरिएको स्मृति प्रतिमा अनावरण गरिएको हो ।
बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटी फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटी फेयर’ गरिएको हो ।
गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के निर्विरा्ेध चयन हुनुभएको छ । गोरखा उद्योग बाणिज्य संघको ४९ औ बार्षिक साधारणसभा तथा १७ औ अधिबेशनमा मास्केको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी।