श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शाह वंशको कुलदेवी मन्दिरको दर्शन गर्नुभएको छ । भण्डारीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ सटुकामा रहेको आलमदेवी मन्दिरको दर्शन गर्नुका साथै विशेष पूजा गर्नु भएको हो ।
बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।
नेपाल प्रिमियर लिग एनपिएलमा शनिबार फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ ।
बाँके, पुस ६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनामा फुलेर पहेँलपुर भएको तोरीखेती । राप्ती सोनारीको बिनौना, बैजापुर र कचनापुर क्षेत्र तोरीखेतीका लागि उपयुक्त मानिन्छ । तस्बिरः रासस
मौसम खुलेपछि दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला ।
कञ्चनपुर, पुस ६ गते । लालझाडी गाउँपालिकाको कञ्जगाउँका किसानले उखु काटेर गहुँ छरेको खेतमा चारो खोज्दै गरेका सुगाको बथान । तस्बिरः रासस
म्याग्दी, पुस ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस
रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् ।
विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।
रहरले मात्र होइन होला बाध्यतामा छन् अहिले युवायुवती घर छोड्न, देश छो