दुध किसानलाई उत्पानदतर्फ आकर्षित गराउन रामधुनी नगर पशु सेवा शाखाले दुग्ध उत्पादक किसानलाई दुध बोक्ने ट्यामी वितरण गरेको छ ।
तनहुँको एक पालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बन्दीपुर गाउँपालिकाले स्थापना गरेको हो।
मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शनिवार शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
तराई मधेशका ग्रामीण महिलालाई अहिले गोबरको गुुइँठा बनाउन भ्याइनभ्याइ रहेको छ । गाउँ–गाउँमा एलपी ग्याँसको सहज पहुँच पुुगे पनि बैकल्पिक इन्धनको रुपमा गोबरको गुुइँठा प्रयोग गर्नेक्रम अझै कायमै रहेको छ ।
किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग मनाइएको छ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्दै साकेला मनाउँछन् ।
‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरेको छ।
वर्षौदेखि आजित बनेका उहाँले अचेल भने त्यसबाट मुक्ति पाउनुभएको छ।पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो।अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उहाँको अपेक्षा छ ।
क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे बाँकेको अध्यक्षमा गोरखापत्रकर्मी साबित्री गिरी चयन हुनुभएको छ । क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा सम्पन्न १२ औं साधारणसभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो ।
गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताउनुभएको छ ।
गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकलाई ५१ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको छ । झापास्थित भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी पन्दाक पुरस्कृत हुनु भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि विजेता जनकपुर बोल्टसलाई उपाधि प्रदान गर्नुहुँदै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।
रौतहट जिल्लाको विभिन्न सडकखण्डमा किसानले सडकमै धान मेसिनले दाइ गरेका कारण आवतजावत गर्ने सर्वसाधारण मारमा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वाेत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाउनुभएको छ ।