गण्डकी प्रदेश सरकारको भारतसँग सीमा जोडिने कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यान केन्द्रित भएको छ ।
स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु(याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
जिल्लाको पूर्वीउत्तरी क्षेत्र कोल्टीमा सडक पुगेको करिब २५ वर्ष पूरा भएको छ तर हालसम्म यात्रुवाहक बस पुग्न सकेको छैन । मार्तडी–कोल्टी सडक सञ्जालसँग जोडिएको धेरै वर्ष पुगे पनि यहाँका नागरिकले बस चढ्न पाएका छैनन् ।
कर्णाली प्रदेश अस्पतालबाट तीन वर्षको अवधिमा करिब तीन हजार हिंसापीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट उपचार सेवा दिइएको छ ।
साबिक कर्णालीका गाउँबस्तीका घर धेरै जसो स्थानीय वस्तुले निर्माण भएका छन् ।
कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ५ स्थित स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडाध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।
कतिपय क्षेत्रबाट निराशाको व्यय व्यापार सुनिने वर्तमानमा नेपालले विश्वलाई नै गौरवको सन्देश दिएको छ ।
आज विश्व ध्यान दिवस । भर्खरै संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिख अथवा विश्वको वर्ष भरिको सबैभन्दा छोटो दिन, आजलाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएको छ ।
नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तन रक्तपातबाटै भएको इतिहास छ ।
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो ।
देशले माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वबाट मुक्ति पाएको १८ वर्ष नाघिसकेको छ ।
यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।