यी न्युरो साइन्टिस्टले १०३ वर्षको उमेरसम्म काम गरिन् ।
मकवानपुरलाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यका लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गरिने भएपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको छ ।
सन् १९१७ देखि १९२८ सम्म लगभग पाँच लाख मानिस यस्तो भयानक अवस्थाबाट ग्रसित थिए, जुन अवस्था कुनै भुताहा चलचित्रको कथा जस्तो लाग्दछ ।
चर्चित हेलम्बु ‘गे्रट ट्रेल’ मा बौद्ध धर्मगुरु परमपुज्य ड्रिकुङ क्याबगोन छेचाङ कोनछोक तेन्जिन कुन्जाङ ठिन्लेले स्थलगत अवलोकन गर्नुभएको छ । धर्मगुरु ड्रिकुङ नेतृत्वको टोलीले गे्रट ट्रेल र भे
सुनसरी, पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवा–५ मा व्यावसायिक रुपमा माछापालन गरिएको पोखरीमा पसेर माछालाई दाना हाल्दै स्थानीय । तस्बिरः रासस
जुम्ला, पुस ७ गते । जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित सापुल्ली गाउँ । तस्बिरः रासस
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सु लागेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिरः रासस
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–९ मा शनिबार काउली ९तरकारी० रोप्दै किसान देवनारायण मेहता । उहाँले पाँच कट्ठा जमिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न लागेको बताउनुभयो । तस्बिरः रासस
कञ्चनपुर, पुस ७ गते । बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल छेउको खेतमा घाम ताप्दै गरेको भुँडीफोर गरुडको बथान । रैथाने प्रजातिको यो गरुड तराई क्षेत्रको ताल तलैया र सीमसार क्षेत्रमा बस्ने गर्दछ । तस्बिरः रासस
बाघ मार्ने प्रयास गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ ।
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा शनिबार तरकारी गोड्दै किसान । सुनसरीमा व्यावसायिक तरकारी खेती गरेर किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिरः रासस
नुवाकोट, पुस ७ गते । नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसानले उत्पादन गरेको सुन्तला बजार लैजान ग्रेडिङ गर्दै । यहाँ उत्पादित सुन्तला प्रतिकिलो रु ७० देखि ८० मा कारोबार भइरहेको किसानहरुले बताएका छन् । तस्बिरः रासस
यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मोरङ, पुस ७ गते । मोरङको लक्ष्मीमार्गस्थित सडक किनारमा बिक्रीका लागि भक्का पकाउँदै महिला । तस्बिरः रासस