• ५ पुस २०८१, शुक्रबार

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान

blog

त्रिवि क्रिकेट मैदान । फाइल तस्बिर

काठमाडौँ, पुस ५ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ। 

शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गर्दै त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आह्वान गरेको हो। 

फ्लड लाइटका लागि एक करोड ७३ लाख रुपियाँ र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपियाँ वित्तीय ग्यारेन्टी तोकिएको छ। 

दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार शुल्क लाग्नेछ । मन्त्रालयको सचिवालयले टेण्डर आगामी माघ ६ गतेसम्म  पेस गर्न सकिने जनाएको छ । टेण्डरका लागि माघ ६ गते दिउँसो १ः३० बजे खोलिने बोलपत्रमा उल्लेख छ ।