गत वर्ष कात्तिक १७ गतेको भूकम्पले ढलेका घर अहिलेसम्म पनि ठडिएका छैनन् । भूकम्प जानुभन्दा अघि चहलपहल हुने भेरी नगरपालिका ३ पीपलडाँडा सुनसान छ ।
म्याग्दीका क्रियाशील पत्रकारहरुको दुर्घटना बिमा सुरु गरिएको छ । गत मङ्सिर २८ गते निर्वाचित नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दश लाख रुपियाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नका लागि स्पष्ट कानुन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गर्नुभएको छ ।
आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनायो ।
अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठुलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सुरक्षा नै समाजको मेरूदण्ड भएकोले समाजको सुरक्षाका लागि अहोरात्र परिचालित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीयता आइसकेपछि सरकारी निकायहरुबिच समन्वयको अभाव देखिएको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ ।
बर्दिया राष्टिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।