वीपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइपलाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।
प्रहरीले सालको गोलियासहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ वेलकुण्डीका दुःखीराम रानालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो ।
डोल्पा, पुस ४ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ मा अवस्थित चुँ गाउँ । तस्बिरः रासस
डोल्पा, पुस ४ गते । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ । तस्बिरः रासस
कञ्चनपुर, पुस ४ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । तस्बिरः रासस
चीन, पुस ४ गते । चीनको जिनान शहरमा अवस्थित छाङछङ स्क्वायरमा चिनियाँ भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरु ।तस्बिरः रासस
म्याग्दी, पुस ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी । बारीमा लटरम्म किबी फले पनि बिक्री राम्रो नहुँदा म्याग्दीका कृषक निराश भएका छन् । तस्बिरः रासस
नुवाकोट, पुस ४ गते । नुवाकोटको म्यागङ गाउँपालिका–२ बुङताङका किसान छेप्पन तामाङले उत्पादन गरेको सुन्तला बजार लैजाने तयारी गर्दै । यहाँको उत्पादन गुणस्तरीय हुने हुँदा माग अनुसार उक्त सुन्तला पोखरा लैजान लागिएको उहाँले जानकारी दिनुभयो । तस्बिरः रासस
कञ्चनपुर, पुस ४ गते । शुक्लाफाँटा नगरपालिका ७ जुडाका स्थानीय किसान घरमा पालिएका हाँसलाई चराउन लैजाँदै । हाँसपालन गरी यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिरः रासस
दाङ, पुस ४ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित ओखराको कृत्रिम जलाशयमा स्थानीयवासीले माछापालन गर्न बनाएको पिँजडा प्रविधि । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङको करिब डेढ लाख र स्थानीय उपभोक्ताको ५० हजार गरेर दुई लाख रुपियाँ खर्च गरेर पोखरीमा पिँजडा निर्माण गरेर माछापालन गर्न थालिएको हो । तस्बिरः रासस
सिराहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पूर्वपश्चिम हुलाकी मार्ग अन्तर्गत कमला नदीमा प्रत्येक वर्ष वर्षामा बाढी आउने गर्दछ । २०६३ सालमा आएको बाढीले दिएको पीडा अझै बिर्सिएको छैन । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनयकुमार कर्णले यो अवधिमा धान, गहुँ र तरकारीको औषत मूल्य अनु्सार कुल नौ खर्ब ७६ अर्ब ७७ करोड २८ लाख रुपियाँ बराबरको मूल्य गुमेको हिसाब देखाउनुभयो ।