बाबुराम कार्की
वराहक्षेत्र, पुस ४ गते । वराहक्षेत्र नगरपालिकाले पानीको निकास रोकिने गरी खोला क्षेत्रभित्र बनेका घरटहरा र अन्य संरचना हटाउने भएको छ । पालिकाले वडा नंं. ५ कालाबन्जर क्षेत्रमा रहेकोे हैटाखोलाभित्र बनेका मानव निर्मित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो ।
खोला क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका संरचनाको अवरोधका कारण वर्षायाममा सडक र बस्तीमा पानी पस्दै आएको छ । चार दशकदेखि खोलाभित्र बनेका घरटहरा तथा निर्माण गरिएका संरचनाले खोलालाई अवरोध गर्दा बर्खामा बस्ती र सडकमा पानी पसेर बर्सेनि ठुलो मात्रामा जनधनको क्षति पु-याउँदै आएको छ । यसको समाधान गर्न खोलाको अवरोध हटाई निर्बाध रूपमा बग्न खोलालाई पुनर्जीवित दिन लागेको नगरपालिकाले जनाएको छ ।
हरेक वर्षामा बाढीले जनधनको क्षति पु-याउने हँुदा पानीको बहाबलाई यथावत् कायम राख्न खोलाको क्षेत्र अतिव्रmमण गरी निर्माण भएका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको सूचना अधिकारी गौरी रायले जनकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका वडा नं. ५ को खुनटोलदेखि कालाबन्जर चोकसम्म हैटाखोलाको नक्सा अनुसार क्षेत्रफलभित्र अतिव्रmमण गरी बनाइएका सम्पूर्ण संरचना हटाउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।
पालिकाले गत वर्ष पनि हैटाखोलालाई आकार दिन खोलाभित्रका केहि संरचना हटाएको थियो । तत्काल खोलालाई १६ फिट कायम गरेर नगरपालिकाले खोलाभित्रका संरचना हटाएको थियो । नगरपालिकाले एक्साभेटर प्रयोग गरेर खोलाको अवरोध हटाउँदा बजार क्षेत्रमा बाढीको कम चाप परेको थियो ।
खोला क्षेत्र अतिक्रमण गरी निर्माण भएका घरटहरालगायतका संरचना हटाउने र तोकिएको समयमा संरचना हटाउन अटेर गरे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन, कानुन बमोजिम कारबाही गरिने सूचनामा जनाइएको छ ।
खोलाको १६ फिटभित्र बनेका एक दर्जनभन्दा बढी घर र घरका बरन्डा, दर्जनको सङ्ख्यामा रहेका रुखबिरुवा गत वर्षदेखि नै हटाउन थालिएको थियो । खोलालाई पुनर्जीवित बनाउने अभियान नै चलाइएको थियो । तत्काल खोलालाई १६ फिट मात्र कायम गरी छ महिनापछि खोलाको नक्सा अनुसार अतिव्रmमण गरी बनाइएका घरटहरा, संरचना हटाउन स्थानीय सरोकारवाला, उपभोक्ताको सहमति बनेको थियो ।
कार्यभार सुरु गरे देखिनै सार्वजनिक स्थानको खोजी र अतिक्रमण गरी बनेका संरचना हटाउने कार्यमा लागि परेका वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । खुनटोलदेखि कालाबन्जर चोकसम्म खोलाको नक्साङ्कन कायम गरिने वडा नं. ५ कार्यालयले जनाएको छ ।