• २८ फागुन २०८१, बुधबार

गुल्मी–अर्घाखाँची सडक बन्द हुने

blog

तम्घास, पुस ४ गते । गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड १९ दिन पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि सडक बन्द गर्न लागिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।  

पुस ७ देखि २५ गतेसम्म सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहजीकरण गरिदिन कार्यालयले अनुरोध गरेको छ ।