प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आइतवार बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूलीदेवीको मन्दिर चैतेदसैँका लागि आइतबारदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।
नेवार समुदायको चाड अन्तर्गत पाँहाचह्रेको तेस्रो दिन तथा अन्तिम दिन असन जात्रा (न्हि जात्रा) धुमधामसाथ मनाइएको छ ।
औद्योगिक क्षेत्रको दिगो विकासबिना नेपालले आर्थिक उपलब्धि हासिल गर्न नसक्ने धारणा अर्थ विज्ञहरूले व्यक्त गर्नुभएको छ ।
हुम्ला जिल्लामा कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा स्थानीय रैथाने बालीलाई उच्च प्राथमिकतामा राख्ने भएका छन् ।
बढ्दो रासायनिक विषादीको प्रयोगका कारण कर्णाली प्रदेशका ६० प्रतिशत माटोमा अम्लीयपन देखा परेको छ । माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको छ ।
सरकारले लेबलबिनाका वस्तु बजारमा पठाएमा जफत गर्ने चेतावनी दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० गतेपछि बजारमा लेबल नभएका वस्तु भेटिएमा जफत तथा सम्बन्धित उत्पादक उद्योगलाई कारबाही हुने जानकारी गराएको हो ।
तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि विश्व बैङ्कले २० अर्ब ४० करोड रुपियाँ प्रदान गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।
बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ ।
काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँ रुपियाँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले दैलेखको आठबिसकोट नगरपालिका राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।
एक जना कर्मचारीको सवालका पछाडि प्रतिपक्षी लाग्दा जरुरी विधायिकी कार्यसम्पादन गर्नुपर्ने सङ्घीय संसद्का दुवै सदन ‘बन्धक’ बनेका छन् ।
वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।