बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित उच्च अदालत पाटन हेटौंडा इजलासले चालू आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका –१, हजार बिघामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ९ स्थित कृष्ण मन्दिरको ओरालोमा केशर शाहीको घरको फूलबारीमा अहिले बगमबेली फूल फुलेर मनमोहक वातावरण बनाएको छ । फूलले आफ्नो आकर्षक रंग र बगमबेलीको अनौठो फूलझरिका कारण स्थानीय र बाह्य पर्यटकहरूको मन तानेको छ ।
नेकपा (एमाले) ले काठमाडौंको तीनकुने क्षेत्रमा भएको अराजक र आपराधिक क्रियाकलाप गर्नेलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार गाजा पट्टीमा एक हप्ताअघि एम्बुलेन्समा इजरायली सेनाको गोली लागेर मारिएका १४ उद्धारकर्ताको शव फेला पारेको बताएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ स्थित चुँदी खोलामा निर्माणाधीन पक्कीपुल ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ठूलो त्याग, समर्पण र योगदानपछि संस्थागत बनेको जनाउँदै अबको विकल्प यसकै विकास भएको बताउनुभएको छ। आइतबार गण्डकी प्रदेशसभाको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको छ।
अराजकता र हिंसाका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठमाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित दुई जनाको ज्यान जानेगरी भएको हिंसाविरुद्ध धर्ना दिएका हुन् ।
सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गर्नुभएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउनुभएको हो।
नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।