गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताउनुभएको छ । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालले नवजात शिशु तथा गर्भवती महिलाको पोषण सुधार र बहु क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औं महाधिवेशनकोे निर्वाचनको मतदान शनिबार बिहानदेखि सुरु भएको छ । बिहान ८ बजे बालमन्दिर प्राथमिक विद्यालयको प्राङ्गणमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले बताउनुभयो ।
तीन महिनापछि गुल्मीको रेसुङगा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका छ जना शीर्ष नेताको अनौपचारिक भेटघाट पूर्व उपसभापति विमलेन्द्र निधि निवास नयाँ बानेश्वरमा बसेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
फागुपूर्णिमाको दिन पोखराको लेकसाइडमा एक जना मानिसमाथि खुकुरी प्रहार घटनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरेको आगजनीविरुद्ध शनिबार साँझ जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोरको निर्माणधिन माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनामा बजेट अभाव भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।
ताप्लेजुङको सुकेटार विमान स्थलमा साढे तीन महिनापछि आएको जहाज अवतरण हुन सकेन । मौसम प्रतिकुलताका कारण ट्विनअटर जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौं फर्किएको छ ।
पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै पत्रकारले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले शोक तथा विरोध सभा गरेको छ ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवम् क्षतिको निरीक्षण गर्नुभएको छ ।
ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका ५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् ।