• १९ चैत २०८१, मङ्गलबार

फागुपूर्णिमामा लेकसाइडमा खुकुरी प्रहार गरी फरार चार जना पक्राउ

blog

पक्राउ परेका व्यक्तिहरू ।

सन्तोष सुवेदी
कास्की, चैत १६ गते ।
फागुपूर्णिमाको दिन पोखराको लेकसाइडमा एक जना मानिसमाथि खुकुरी प्रहार घटनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

फागुपूर्णिमाको दिन गत २९ फागुनमा लेकसाइडको फुट ट्रेलमा एक जना मानिसलाई खुकुरी, हेलमेट र मुक्का प्रहार गरी सख्त घाइते बनाइएको थियो । उनीहरूको परिचय भने गोप्य राखिएको छ ।

सो घटनापछि वडा प्रहरी कार्यालय बैदामको टोलीले सूक्ष्म अनुसन्धान र खोजतलास गर्दै आएकोमा गत चैत १३ गते तीन र अर्का एक जनालाई १५ गते पक्राउ गरेको हो ।

खुुकरी प्रहार गरी फरार भनिएका चितवन स्थायी घर भई हाल पोखरा १५ बस्ने १९ वर्षे अरबिन परियार, पोखरा १५ का २२ वर्षे अर्जुन गुरुङ, २१ वर्षे इरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताउनुभयो ।

उनीहरूलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।