म्यानमारमा भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले शनिबार बताउनुभएको छ ।
काठमाडौंको तीनकुनेमा शुक्रबार समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लेनदेनको विवादास्पद अडियो बाहिरिएपछि उहाँले शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
नारायण तुम्बापोफिदिम, चैत १६ गते । पाँचथरका सरोकारवाला निकायहरू चौँरीको प्राकृतिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै पर्यटकीय प्रवर्द्धनमा विगतदेखि नै सक्रिय छन् । यही अभियानलाई निरन्तरता दिन, फालेलुङमा आयोजना हुने आठौँ फालेलुङ चौँरी महोत्सव घोषणा गरिएको छ । शुक्रवार फिदिममा पत्रकार सम्मेलनमा गर्दै आगामी चैत ३१ देखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएका छन् । फालेलुङ क्षेत्र चौँरी पालन र पर्यटनको केन्द्रभारतसँगको सीमावर्ती क्षेत्र तीन हजार ५०० मिटर उचाइमा रहेको आकर्षक फालेलुङ क्षेत्र चौँरी पालनका लागि प्रसिद्ध हब मानिन्छ । चौँरी पालन व्यवसायलाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर ग्रामीण अर्थतन्त्र उठाउने उद्देश्यले महोत्सव गरिँदै आएको हो । फालेलुङ गाउँपालिकाको मुख्य आयोजनामा हुने महोत्सवमा फालेलुङ कञ्चनजङ्घा पर्यटकीय संस्था, दीप ज्योति युवा क्लब, कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्था आयोजकका रूपमा रहेका छन्। । साथै, पर्यटन, वन तथा वातावरण मन्त्रालय (कोशी प्रदेश), नेपाल पर्यटन बोर्ड, र नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा प्रवर्द्धकका रूपमा संलग्न छन् । विभिन्न स्थानीय किसान सङ्घ संस्थाहरूले व्यवस्थापनमा सहकार्य गर्ने आयोजक डिल्ली आञ्जुम केरुङले बताउनुभयो । महोत्सवका आकर्षणहरूमहोत्सवमा याक नृत्य प्रस्तुत गरिनुका साथै चौँरी पालन पेसाको परिचय पस्किने रैथाने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने बताइएको छ । चौँरी, भेडाजन्य दूध, उन, छुर्पी, घिउ जस्ता विभिन्न उत्पादनको दृश्यावलोकन, खरिद विक्री र खाने बस्ने सुविधाका लागि स्टल, गोठस्टेको प्रबन्ध हुने आयोजक भनाइ छ । महोत्सवलाई मनोरञ्जनमय बनाउन रैथाने परम्परागत खेलकुद र राष्ट्रिय कलाकार आमन्त्रण गरेर साङ्गीतिक कार्यक्रम पनि गर्ने भनिएको छ । महोत्सव गर्न लागिएको फालेलुङ क्षेत्रमा लोपोन्मुख रेडपाण्डा पाइनु साथै यहाँबाट मज्जाले सूर्योदयको दृश्य अवलाेकन गर्न सकिन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, सगरमाथा लगायतको हिमशृङ्खलासमेत देख्न पाइन्छ ।विशेष आकर्षण ज्वाइँ याक प्रदर्शनफालेलुङ चौँरी महोत्सवमा पुगे यस अवसरमा नेपालका साथै भुटानको ज्वाइँ याक पनि देख्ने अवसर पाइन्छ । यहाँका किसानले भुटानबाट उन्नत नस्लका याक (भाले चौँरी) बिउका रूपमा ल्याउने गर्दछन् । जसलाई घर ज्वाइँ याकका रूपमा लामो समय पाल्ने परम्पराकै रूपमा रैथाने चलन छ । आउने महोत्सवमा मुख्य प्रदर्शनको रूपमा ज्वाइँ याकलाई प्रस्तुत गरिने जनाइएको छ । यसपालि चौँरीका बथान र मुख्यगरी ज्वाइँ याकसँग सेल्फी, रिल्स, टिकटक खिचेर बनाएर रमाउन चाहनेका लागि व्यवस्थित सुविधा प्रदान गरिने जनाइएको छ । महोत्सवमा भेट हुने ग्वालाका मुखबाट चौँरीसँग जोडिएका विभिन्न रमाइला किस्साहरू समेत सुन्ने सुनाउने प्रबन्ध पनि गरिने बताइएको छ । यस्ता विभिन्न आकर्षणको पक्षसँग जोडिएको चौँरी महोत्सव सफल पार्न आइदिन फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगुले सबैसँग अनुरोध गर्नु भएको छ । उहाँले महोत्सवको माध्यमबाट स्थानीय आयआर्जन प्रवर्द्धन, चौँरी पालन संरक्षण तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बरन्डाछेउ कुनामा राखिएको मेचमा सानुकाजी घोत्लेर बसिरहेका छन् । उनी यसरी सधैँ साँझको याममा घण्टौँ शून्य मन तथा शून्य आँखाले शून्य आकाशलाई हेरिरहन्छन्– यो उनको दैनिकी भन्दा पनि हुन्छ
निलो बागमतीको छेउमै उभिएको थियो– भव्य र शालीन थापाथली दरबार । इतिहासको यो महìवपूर्ण दृश्य अहिले देख्न सकिन्न । न अहिले थापाथली दरबारको त्यो पुरानो स्वरूप छ, न त बागमतीको रङ्ग निलो छ । आखि
हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गर्दै आइरहेका छन् । लमजुङका विभिन्न ठाउँका भिरपहरामा हुने भिरमहको सिकार सुरक्षित बनाउन सिकारीलाई सुरक्षा सामग्रीको बन्दोबस्त गरिएको छ । मौरी विकास केन्द्र गोदावरी ललितपुरले भिरमौरीको मह सिकार गर्नेलाई सचेतनासहितको तालिम र सुरक्षा सामग्री वितरण गरेको हो ।
नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय र दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दक्षिण एसियाका दुई यस्ता मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहासले एसियाको मानचित्रमा सँगसँगै गाँसिदिएको
रुकुम पश्चिम, चैत १६ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ठुली दहबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । रुकुमको उत्तरी सीमामा अवस्थित यो हिमाल रमणीय एवं सुन्दर हिमालको रूपमा चिनिन्छ । स्थानीय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम शृङ्खला अन्तर्गत पर्दछ। ५,८४१ मिटर अग्लो यो हिमाल हालसम्म आरोहण हुन सेकेको छैन । तस्बिर: रासस
श्रद्धेय राप्रउ पोखरेल अचानक बिदा हुनुभयो । कुनै दीर्घरोगका कारण अशक्त अवस्थामा हुनुहुन्नथ्यो उहाँ । अध्ययन र लेखनमा सव्रिmय रहँदारहँदैको अवस्थामा, हिँडडुल गर्दागर्दैको अवस्थामा ८२ वर्षको उमेरमा उहाँ
हरेक बिहानीमा बज्ने गर्दैन मेरो आँगनमा चुरा बरु बजिरहन्छ अजङ्गको सन्त्रास जो कहिले असिना बनेर बर्सन्छ बालीमा
मेची काली जोड्ने सूत्र देशभक्ति हुनु पर्छ सार्वभौम ब
महाकुम्भ स्नानपछि कपिलवस्तु तौलिहवा भएर फर्किंदै थियौँ । २०८१ फागुन १० गतेका दिन परिवारसहित फर्किंदा कपिलवस्तुतिरका पत्रकारिता र सामाजिक गतिविधिमा संलग्न साथीसँग भेटघाट कार्यक्रम बन्यो । धार्मिक, सांस्कृतिक हिसाबले महìवपूर्ण कपिलवस्तुतिरको घुमघाम गर्ने योजनासहित तौलेश्वरनाथ महादेव मन्दिरतिर लाग्यौँ । तौलेश्वरनाथकै नामबाट यस ठाउँको नाम तौलिहवा रहन गएको विश्वास गरि
ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको अन्नपूर्ण देवीको मन्दिर गोरखा जिल्लाको पालुङटार नगरपालिका–१, खोप्लाङमा रहेको छ । सालको घना जङ्गल र केही भिरालो क्षेत्रमा मन्दिर रहेको छ । खोप्लाङ अन्नपूर्ण
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा