पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ।
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
शुक्रबार काठमाडौँमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा भएको पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ लमजुङले शनिवार सदरमुकाम बेसीसहरको भिमसेनस्थान चोकमा विरोध प्रदर्शन गरेको हो ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुआर्ट ल नियुक्त हुनुभएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताउनुभएको छ । ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिवार भैरहवामा भएको लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
गुल्मीका पत्रकारले पत्रकार हत्या तथा सञ्चार गृहमा भएको आगजनीविरुद्धमा कालोपट्टी बाँधेर विरोध गरेका छन् । शुक्रबार पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा भएको आगजनीविरुद्ध कालोपट्टी बाँधेर विरोध गरिएको हो ।
मकवानपुरको दुर्गम क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिका ३ मा रहेको जलपरी झरना तथा चमेरो गुफा सुरक्षित र आकर्षक पिकनिक स्पटको रुपमा विकसित हुँदै गएको छ।
कैलालीको घोडाघोडीमा ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने मूल नाराको प्रथम जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप सुरु भएको छ ।
म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
काठमाडौंको तिनकुनेमा कार्य क्षेत्रमा रहेको पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणमा संलग्न भएकालाई कारबाही गर्न माग गरिएको छ ।
पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध बागलुङका पत्रकारले विरोध प्रदर्शन गरेका छन् ।
तुलसीपुरमा खाना पकाउने क्रममा आगो शरिरमा सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न –३ रानागाउँकी ६० वर्षीया गोमा वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।