नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ।
नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ ।
धनकुटास्थित तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-१ गोलले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लब दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ।
सूचना प्रविधिको विकाससँगै अधिकांशको पहुँचमा पुगेको इन्टरनेट सेवा परीक्षामा चिट चोर्ने मुख्य माध्याम बनेको पाइएको छ। गत चैत ७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुमपश्चिमका अधिकांश परीक्षा केन्द्रका परीक्षार्थीबाट चिट चोर्न प्रयोग भएको मोबाइल जफत गरिएपछि उक्त तथ्य खुलेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ ।
कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ ।
आइतबार भएको महिला एकलतर्फको फाइनलमा चौथो वरियताकी अमेरिकी खेलाडी जेसिका पुगुलालाई २–० को सोझो सेटमा हराउँदै साबालेन्का च्याम्पियन बन्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश दीगो वन व्यवस्थापन विधेयकलाई लिएर ठुलो आर्थिक चलखेल भइरहेको भन्दै प्रतिपक्षी दलले उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले सेन्ट–इटिएनलाई ६–१ गोलले हरायो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजको तयारीका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइको छ ।
पर्यटनको राजधानी पोखराले विश्व बजारमा आफूलाई स्थापित गराउन पर्यटन कूटनीतिलाई अगाडि बढाएको छ। पोखरा भ्रमण वर्ष घोषणा गर्दै महानगरले सो अभियानलाई तिव्रता दिएको हो। पोखराको हावा, पानी, प्रकृति र संस्कृतिसँग मेल खाने मात्र नभई पर्यटनमा समेत समानताको दृष्टिकोणसँग मेलखाने मित्रराष्ट्रका सहरसँग पोखराले कूटनीतिक सम्बन्ध स्थापित गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको ओरोपपत्र दायर भएको छ।