• १९ चैत २०८१, मङ्गलबार

फ्रेन्च लिग : पिएसजी उपाधि नजिक

blog

बल प्रहार गर्दै पिएसजीका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, चैत १७ गते । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले सेन्ट–इटिएनलाई ६–१ गोलले हरायो ।

जितसँगै शीर्षटोली पिएसजीले २७ खेलबाट ७१ अङ्क बनाएको छ । पराजिसेन्ट–इटिएन २६ खेलबाट २० अङ्क जोड्दै १८औँ स्थानमा छ । लिगमा अपराजित यात्रा कायम राखेको पिएसजीले अब एन्जर्सविरुद्ध शनिबार हुने खेल बराबरी गरे पनि च्याम्पियन बन्नेछ । पिएसजी कीर्तिमानी १३औँ पटक लिगको उपाधि मुखमा उभिएको हो । 

एकपक्षीय खेलमा सेन्ट–इटिएनलाई उसैको मैदानमा हराउन पिएसजीका डिजायर डोयले दुई गोल गर्नुभयो । यस्तै गोन्सालो रामोस, ख्विचा क्वारत्स्खेलिया, जोआओ नेभेस र इब्राहिम एमबायले एक एक गोल गर्नुभयो । सेन्ट–इटिएनका लुकास स्टासिनले सान्त्वना गोल फर्काउनुभयो । एजेन्सी