• १९ चैत २०८१, मङ्गलबार

भेट्रान पदक विजेता सम्मानित

blog

सम्मानपछि खेलाडीहरू ।

काठमाडौँ, चैत १७ गते । नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कांस्य पदक जितेको थियो ।

कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जित्नुभएको थियो । पुरुष ८०–८५ वर्षको १५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जित्नुभएको थियो । 

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट सङ्घका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्रबाट सम्मान गर्नुभयो ।