मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति सतीशकुमार सिंहले जनकपुरधाममा शैक्षिक प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ ।
पछिल्लो समय बढ्दै गइरहेको वन्यजन्तु चोरी सिकारी, अवैध ओसारपसार तथा अपराध नियन्त्रण गर्नका लागि दार्चुलाका संरक्षणकर्मी र सुरक्षाकर्मीलाई (क्राइम सिन प्रोसिडर ट्रेनिङ) प्रदान गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले काठमाडौंको तीनकुनेमा पत्रकारको हत्या र सञ्चारगृहमाथि गरिएको आक्रमणको घटनाको भर्त्सना गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापको पर्व रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजका बैठकमा उहाँले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
२०११ सालदेखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा तीन महिनापछि जहाज आएको छ । नेपाल वायुसेवा निगमको जहाजले २०८१ पुस २ गते अन्तिम उडान गरेको थियो । तीन महिनापछि सोमबार बिहान ११.३० मा अवतरण गरेको जहाजले दुई यात्रु लिएर उडेको छ ।
बागमती प्रदेशमा सर्वदलीय बैठक मङ्गलबार बस्ने भएको छ । मङ्गलबार बस्ने भएको बागमती प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने छ ।
राजपुर गाउँपालिकाको विकटबस्ती सिमगजरीमा सडक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ ।
म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति योजना सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।
धरान-१४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सव सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन ईद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।