• २० चैत २०८१, बुधबार

बागमतीमा सर्वदलीय बैठक बस्दै

blog

स्मिता अर्जेल
मकवानपुरगढी, चैत १८ गते । बागमती प्रदेशमा सर्वदलीय बैठक मङ्गलबार बस्ने भएको छ । मङ्गलबार बस्ने भएको बागमती प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने छ ।

बैठकमा प्रदेशसभा सञ्चालनको विषय टुङ्ग्याउनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो ।

“बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटाउँदै प्रदेशसभाको बैठकलाई सहज बनाउन बैठक आह्वान गरिएको हो । दुई पक्षबिचको सहमति कार्यान्वयनका विषयमा बैठकमा छलफल हुनेछ ।” उहाँले भन्नुभयो ।

सभामुख पाठकका अनुसार बैठकले भोलिको प्रदेशसभाको कार्यसूचीका विषयमा पनि टुङ्गो लगाउने छ । सर्वदलीय बैठकका लागि प्रदेशसभाका सात दललाई पत्राचार भइसकेको उहाँले बताउनुभयो  । 

प्रतिपक्षले सभा विरोध गर्ने विषयको प्रश्नमा सभामुख पाठक भन्नुहुन्छ “अहिलेसम्म त्यस्तो खबर छैन । बैठकमा कुनै विरोध हुने देखिदैन । त्यही विषयको सहमतिका लागि सर्वदलीय बैठक बस्ने भएको हो ।”