• २० चैत २०८१, बुधबार

मुख्यमन्त्री सिंहद्वारा शैक्षिक प्रयोगशाला भवनको शिलान्यास

blog

मुख्यमन्त्री सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रयोगशाला भवन शिलान्यास गर्नुहुँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, चैत १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति सतीशकुमार सिंहले जनकपुरधाममा शैक्षिक प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित रानीबजारमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रतिष्ठान अन्तर्गतको प्रयोगशाला भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रयोगशाला भवनको निर्माणले स्वास्थ्य विज्ञान शिक्षालाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, "यो प्रतिष्ठानका क्रियाकलाप सञ्चालन गर्ने प्रारम्भिक कदम हो । अस्पताल, होस्टेल तथा मेडिकल कलेजका लागि आवश्यक अन्य संरचनाहरू पनि क्रमशः निर्माण गरिने छ।"

अढाई करोडको लागतमा चार वटा ट्रस्ट भवन प्रतिष्ठान अन्तर्गतको उक्त प्रयोगशाला भवन अढाई करोड रुपियाँको लागतमा निर्माण हुने जनाइएको छ। परियोजनाअन्तर्गत चार वटा ट्रस्ट भवन निर्माण गरिनेछ, जसले स्वास्थ्य विज्ञान शिक्षाका विद्यार्थीलाई प्रयोगात्मक अध्ययनमा सहयोग गर्नेछ ।

शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साह, रजिष्टार प्रा। डा. विनोदकुमार यादव, अस्पताल निर्देशक डा. जामुनप्रसाद सिंह, शिक्षाध्यक्ष प्रा. डा. रामनरेश पण्डित, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।