नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ ।
नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आइतबार साँझ बाघको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालकको नाम बिजय रावत रहेको स्थानीयले बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ ।
मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पुतलीबजार नगरपालिका–११ जाँडखोला उनियाचौर माझीडाँडा जङ्गलमा अवैध हतियार, मृत अवस्थामा रहेको पोथी रतुवासहित दुई जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले सोमबार जनाएको छ ।
पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जहाज मर्मतका कारण साढे तीन महिनादेखि अवरुद्ध रेसुङ्गा विमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो ।
नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरूले गरिरहेको विरोधका कारण संसद्का महत्त्वपूर्ण काम अवरुद्ध भएको बताउनुभएको छ ।