• २० चैत २०८१, बुधबार

हतियार र रतुवासहित एक पक्राउ

blog

अर्जुन काफ्ले

स्याङ्जा, चैत १८ गते । पुतलीबजार नगरपालिका–११ जाँडखोला उनियाचौर माझीडाँडा जङ्गलमा अवैध हतियार, मृत अवस्थामा रहेको पोथी रतुवासहित दुई जनालाई पक्राउ गरेको छ । 

अवैध एक नाले भरुवा बन्दुक, मृत अवस्थामा रहेको पोथी रतुवासहित पुतलीबजार नगरपालिका–१० धिमाटीका ४४ वर्षीय हर्क बहादुर गुरुङ र वडा नं–११ फापरथुमका ४३ वर्षीय सोम बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरी निरीक्षक प्रवेश तिवारीको कमान्डमा प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।