• २० चैत २०८१, बुधबार

धनकुटामा एमालेकाे बृहत् मोटरसाइकल र्‍याली

blog

नेकपा एमाले धनकुटाले आज धनकुटामा गरेको मोटरसाइकल र्‍याली ।

कविराज घिमिरे

हिले, चैत १८ गते । नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिविधिको विरोधमा मोटरसाइकल र्‍याली गरेको हो । 

र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । विभिन्न प्ले कार्डसहित र्‍यालीमा ६ सय भन्दा बढी मोटरसाइकलसहित कार्यकर्ताले उपस्थीती रहेको आयोजकले जनाएको छ । 

र्‍याली अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको तथा, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिनुभयो ।